भाग खोजेका होइनौँ, १५औँ महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी खोजेका हौँ : डा. महत
सारांश
- डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको जनाधार खस्किएको र कार्यकर्तामा निराशा छाएकोमा चिन्ता व्यक्त गरेका छन् ।
- उनले १५औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठाउँदै साझा संयन्त्रको माग गरेका छन् ।
- क्रियाशील सदस्यता नवीकरणलाई डिजिटल बनाउने काम केन्द्रले नै गर्नुपर्ने उनको भनाइ छ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निर्वाचनपछि पार्टीको जनाधार खस्किएको र देशभर कार्यकर्तामा मनोवैज्ञानिक निराशा छाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । चुनौतीपूर्ण घडीमा रहेको पार्टीलाई थप कमजोर हुन नदिन नेतृत्वले विशेष पहल गर्नुपर्नेमा डाक्टर महतले बताए।
पार्टीभित्र बढ्दो निष्क्रियता र पलायन रोक्न बृहत्तर एकता आवश्यक रहेको उल्लेख गर्दै डा. महतले १५औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठाए।
"नेतृत्वले निष्पक्ष गर्छौँ भनेर मात्र अब विश्वास गर्ने आधार छैन," डाक्टर महतले भने , "त्यसैले १५औँ महाधिवेशन सम्पन्न गर्न, विधान संशोधन गर्न र क्रियाशील सदस्यता टुङ्ग्याउन एउटा साझा संयन्त्र बनाउनुपर्छ। हामीले पद वा भाग खोजेका होइनौँ, केवल निष्पक्षताको ग्यारेन्टी खोजेका हौँ।"
क्रियाशील सदस्यता नवीकरणलाई डिजिटल बनाउने प्रक्रियामा देखिएको अन्योलप्रति टिप्पणी गर्दै डा. महतले जिल्ला र वडालाई दोष दिएर केन्द्र उम्किन नपाउने बताए। "डिजिटल बनाउन हाम्रो आपत्ति छैन, तर नवीकरण गरिसकेका साथीहरूको विवरण स्वतः डिजिटल बनाउने काम केन्द्रको हो," उनले भने, "अद्यावधिक भएन भने गाडीबाट ओर्लिनुपर्छ वा गलहत्त्याउँछौँ भन्न मिल्दैन। डाटा जिल्लामै छ, केन्द्रले त्यसलाई व्यवस्थापन गर्नुपर्छ।"
विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्वले भ्रातृ संस्थाका निर्णय र विधान संशोधन जस्ता दूरगामी महत्वका काम गर्न नहुने डा. महतको तर्क छ। यस्ता कामहरू १५औँ महाधिवेशनबाट निर्वाचित भएर आउने नयाँ नेतृत्वले मात्र गर्नुपर्ने उनले बताए।
पार्टीलाई सुदृढ बनाउन डिजिटल अद्यावधिकको काम केन्द्रले नै गर्नुपर्ने र आगामी महाधिवेशनलाई विवादरहित बनाउन साझा संयन्त्र बनाउनुपर्ने दुई मुख्य एजेन्डा डा. महतले अघि सारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
-
काठमाडौँमा दोस्रो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी
-
हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका
-
मेक्सिकोको रक्षापङ्क्तिका मजबुत पर्खाल: जोहान भास्क्वेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण