बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

लागुऔषध रोकथामका लागि विशेष सुधार योजना ल्याउँदैछौँ : गृहमन्त्री

बिहीबार, २८ जेठ २०८३, १४ : ०२
बिहीबार, २८ जेठ २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै उत्तम विकल्प भएको बताएका छन् ।
  • उनले नेपालबाट गाँजा भारत जाने र भारतबाट रासायनिक लागुऔषध नेपाल भित्रिने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सीमा क्षेत्रमा कडाइ गर्ने बताए ।
  • उनले बच्चाहरूमा हुने उत्सुकतालाई सही ढङ्गले सम्बोधन गर्न शिक्षा र सचेतनामा लगानी बढाउनुपर्नेमा जोड दिए ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै उत्तम विकल्प भएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री गुरुङले त्यसका लागि विशेष सुधार योजना ल्याउन लागेको बताए । 

नेपालबाट गाँजा भारत जाने र भारतबाट रासायनिक लागुऔषध नेपाल भित्रिने गरेको तथ्याङ्क प्रस्तुत गर्दै गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा कडाइ गर्ने बताए । 

‘हामीले भारतको एसएसबी र उताका विशेष युनिटहरूसँग मिलेर संयुक्त अपरेसन गर्ने योजना बनाएका छौँ,’ उनले भने,  ‘क्रस–बोर्डर पेट्रोलिङ र सर्भिलेन्स बढाएर स्रोत नै बन्द गर्नुपर्छ।’

सांसदहरूले उठाएको कल सेन्टर र विद्यालयको पाठ्यक्रममा लागुऔषध विरुद्धका सामग्री समावेश गर्ने विषयमा मन्त्रीले गुरुङले सहमति जनाए । बच्चाहरूमा हुने उत्सुकतालाई सही ढङ्गले सम्बोधन नगरे त्यसले दुर्घटना निम्त्याउने भन्दै उनले शिक्षा र सचेतनामा लगानी बढाउनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप