बाढी र पहिरोका कारण प्रभावित छन् यी राजमार्ग
सारांश
- देशभर वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ।
- काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल-चित्लाङ सडक खण्ड पहिरो र मर्मतका कारण एक महिनासम्म बन्द रहनेछ।
- ईलामको पुवाखोलामा बाढीले मेची करिडोर अवरुद्ध पारेको छ भने बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा बाढीको जोखिमले सवारी रोकेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा परेको वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। बाढी, पहिरो र मर्मत कार्यले गर्दा धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेका छन्।
काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल-चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यका लागि यो सडक अझै एक महिना बन्द रहने जानकारी दिइएको छ।
भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। खोटाङको पङ्खु खोलामा खसेको पहिरोका कारण जेठ २ गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ।
ईलामको पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने जनाइएको छ।
बीपी राजमार्गकाे काभ्रेपलाञ्चोक खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक जेठ १५ गतेदेखि बन्द रहेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेतीको समयमा मल नपाएको भन्दै एमाले सांसद राईद्वारा सरकारको आलोचना
-
राष्ट्रिय गुप्तचर प्रमुखमा ट्रम्पले गरे जे क्लेटनलाई मनोनयन
-
रियान परागको दायाँ काँधको शल्यक्रिया सफल, केही समय मैदान बाहिर रहने
-
सन् २०२७ को क्रिकेट विश्वकपको मिति तय : १४ टोली भिड्ने, दक्षिण अफ्रिकाले धेरै खेल आयोजना गर्ने
-
लागुऔषधसहित ३३ जना पक्राउ
-
गोदावरी नदीमा बगेर दुई महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण