शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

किसानले डिएपी मल पाएनन्, कृषि मन्त्रालयले सुनेन : सांसद अलिभाट

शुक्रबार, २९ जेठ २०८३, ११ : ५२
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • राप्रपा सांसद ताहिर अलि भाटले किसानहरूले खेतीको मुख्य सिजनमा डिएपी मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सांसद भाटले कृषि समिति र कृषि मन्त्रीलाई बारम्बार मल उपलब्ध गराउन आग्रह गर्दा पनि नसुनेको गुनासो गरे ।
  • उनले बजेटमा साना किसानका लागि केही नभएको र ठुला किसान तथा कृषि माफियालाई मात्र फाइदा हुने गरी आएको भन्दै सच्याउन माग गरे ।

काठमाडौँ । राप्रपा सांसद ताहिर अलि भाटले किसानहरूले खेतीको मुख्य सिजनमा डिएपी मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘ठाउँ ठाउँबाट सांसदहरूलाई फोन आइरहेको छ । मलखाद्य पुगेन भनेर । हामीले बारम्बार कृषि समिति, कृषि मन्त्रीलाई भनेको छौँ तर उहाँले सुन्नु भएको छैन । अब सरकारले हरेक जिल्लामा मल पठाउनुपरो,’ भाटले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै भने । 

उनले बजेटमा गरिब किसानका लागि केहि नगरेको भन्दै ठुला किसान, कृषि माफियाहरूले दिने गरी बजेट आएको भन्दै बजेट सच्याउन समेत माग गरे । 

 ‘ठुला किसानले २ करोड लगानी गर्दा ८० लाख रुपैयाँ कृषि माफियाले पाउने तर साना किसानले केहि नपाउने ? त्यसकारण यो फोडेर साना किसानलाई बाँड्नुपर्छ,’ भाटले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप