चितवनपछि काठमाडौँमा मञ्चन हुँदै नाटक ‘घरको माया’
सारांश
- साहित्यकार भीमनिधि तिवारीको कथामा आधारित नाटक ‘घरको माया’ चितवनपछि काठमाडौँमा मञ्चन हुने भएको छ ।
- गत २५ देखि २९ जेठसम्म चितवनमा विद्यार्थी माझ मञ्चन भएको यो नाटक काठमाडौँमा पनि मञ्चन गरिने भएको छ ।
- काठमाडौँमा नाटक कहिले र कहाँ मञ्चन हुने भन्ने तय नभए पनि छिट्टै मञ्चनको तयारी भइरहेको छ ।
काठमाडौँ । साहित्यकार भीमनिधि तिवारीको चर्चित कथामा आधारित नाटक ‘घरको माया’ चितवनपछि काठमाडौँमा पनि मञ्चन हुने भएको छ ।
गत २५ देखि २९ जेठसम्म चितवनको रत्ननगर सभा हल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रेक्षालयमा विद्यार्थी माझ मञ्चन भएको नाटक अब काठमाडौँमा मञ्चन हुने भएको हो ।
विद्यार्थी केन्द्रित नाटक काठमाडौँमा कहाँ र कहिले मञ्चन हुने त्यो भने तय हुन बाँकी छ । चितवन नाटक मञ्चनबाट भर्खर फर्किएका कारण काठमाडौँमा पनि छिट्टै मञ्चन तयारी भइरहेको कलाकार जेबी डिसीले बताए ।
रितेशले नाटयरुपान्तरण गरेको यस नाटकको परिकल्पना तथा निर्देशन नकुल पौडेल हुन् । नाटकमा जेबी डी.सी., वर्षा भण्डारी, मिरोन पौडेल, विशाल कार्की, कुशल वास्कोटा र गणेश उपाध्याय लगायतका कलाकारहरूले अभिनय रहनेछ । नाटकको सह–निर्देशन रिता थापाले गरेकी हुन् भने सङ्गीत नकुल पौडेल, प्रकाश व्यवस्थापन राज न्यौपाने र मञ्च व्यवस्थापन मनोज तामाङले सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसंघीय विज्ञहरूद्वारा अफगान प्रहरीले महिलामाथि गरेको दमनको निन्दा
-
केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग
-
असंलग्नता र समकालीन नेपालको भू–राजनीतिक सङ्कट
-
स्रोत नखुलेको ८ लाख रकमसहित पक्राउ
-
इरान युद्धको असर: खुम्चियो बेलायतको अर्थतन्त्र
-
विगत देखाएर अहिलेको बदमासीबाट उम्किन पाइँदैन : सांसद बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण