देउवाको क्रियाशील सदस्यता अध्यावधिक गरेको कार्ड भाइरल, सचिवालय भन्छ– ‘भ्रामक’
सारांश
- शेरबहादुर देउवाले क्रियाशील सदस्यता 'डिजिटल्ली अध्यावधिक' गरेको भन्दै 'एनसीआईडी कार्ड' सामाजिक सञ्जालमा भाइरल भएको छ ।
- देउवाका स्वकीय सचिव भानु देउवाले देउवाले क्रियाशील सदस्यता अध्यावधिक नगरेको र भ्रम छर्नका लागि नक्कली कार्ड भाइरल गराइएको बताएका छन् ।
- कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले पनि देउवाले सदस्यता अध्यावधिक गरेको बारे आफूलाई जानकारी नभएको बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता ‘डिजिटल्ली अध्यावधिक’ गरेको भन्दै ‘एनसीआईडी कार्ड’ भाइरल छ । देउवा समूह र डा.शेखर कोइराला समूहले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने बताइरहेका बेलामा देउवाको एनसीआईडी कार्ड सामाजिक सञ्जालमा भाइरल भएको हो ।
त्यो कार्ड सक्कली हो या नक्कली भनेर हामीले देउवाका स्वकीय सचिव भानु देउवासँग जानकारी लियौँ । उनले देउवाले क्रियाशील सदस्यता अध्यावधिक नगरेको र सामाजिक सञ्जालमा भ्रम छर्नका लागि नक्कली कार्ड बनाएर भाइरल गराइएको जानकारी दिए । ‘उहाँ (शेरबहादुर देउवा) नेपाल बाहिर उपचारका क्रममा हुनुहुन्छ । क्रियाशील सदस्यता अध्यावधिक गर्नुभएको छैन,’ भानु देउवाले रातोपाटीसँग भने, ‘भ्रम छर्नका लागि नक्कली कार्ड बनाएर सामाजिक सञ्जालमा भाइरल बनाउने काम भइरहेको छ ।’
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक पार्टी महामन्त्री प्रदीप पौडेलले पनि देउवाले क्रियाशील सदस्यता अध्यावधिक गरेको बारे आफूलाई जानकारी नभएको बताए । ‘उहाँ (देउवा) ले क्रियाशील सदस्यता अध्यावधिक गरेकोबारे मलाई कुनै जानकारी छैन,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
-
न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
-
ललितपुरमा एआई साक्षरता तालिम सुरु
-
सुनसरी प्रहरीद्वारा ठुलो परिमाणमा लागुऔषध बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण