शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते

शुक्रबार, २९ जेठ २०८३, २२ : ५८
शुक्रबार, २९ जेठ २०८३

दोलखा। दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको हो । 

सो दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका अन्दाजी २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थामी गम्भीर घाइते भएका छन् ।

चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र. ०२–०६२ प. ८४८६ नम्बरको मोटरसाइकल र विपरीत दिशा  चरिकोटतर्फ आउँदै गरेको बा.८० प. ७९७३ नम्बरको मोटरसाइकल ठोक्किँदा सो घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

घाइते दुवै जनालाई धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका श्रेष्ठको शव चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप