न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
सारांश
- न्युजिल्यान्डका सर्वाधिक रन बनाउने ब्याटर केन विलियमसनले १६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट संन्यासको घोषणा गरेका छन् ।
- उनले न्युजिल्यान्डका लागि ३७८ खेल खेल्दै १९ हजार ३ सय ४६ रन बनाएका थिए, जसमा ४८ शतक र ६ वटा दोहोरो शतक समावेश छन् ।
- विलियमसनको संन्यासपछि विराट कोहलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मित्रता र खेलमा समान सोचको प्रशंसा गरेका छन् ।
काठमाडौं । न्युजिल्यान्डका सबैभन्दा सफल र सबै फर्म्याटमा सर्वाधिक रन बनाउने ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । न्युजिल्यान्ड क्रिकेटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसको औपचारिक जानकारी दिएको हो ।
विलियमसनको यो घोषणासँगै उनको १६ वर्ष लामो गौरवशाली अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य भएको छ । यस अवधिमा उनले आफ्नो देशका लागि ३७८ खेल खेल्दै अनगिन्ती ब्याटिङ कीर्तिमानहरू बनाए भने क्रिकेट जगतमा उच्च सम्मान र प्रशंसा प्राप्त गरे ।
३५ वर्षीय विलियमसनले न्युजिल्यान्डका लागि सबै प्रारूपमा सर्वाधिक रन बनाउने खेलाडीका रूपमा आफ्नो करियर टुङ्ग्याएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १९ हजार ३ सय ४६ रन बनाए, जसमा ४८ शतक र ६ वटा दोहोरो शतक समावेश छन् । सन् २०१० मा न्युजिल्यान्डका लागि डेब्यु गरेका विलियमसनले अब अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गर्ने यो नै सही समय भएको बताएका छन् ।
केन विलियमसनको सन्यासको घोषणापछि भारतीय क्रिकेटका स्टार ब्याटर विराट कोहलीले सामाजिक सञ्जालमार्फत आफ्ना यादहरू साझा गर्दै उनलाई शुभकामना दिएका छन् ।
कोहलीले लेखेका छन्, ‘प्रतिद्वन्द्वीदेखि साथी बन्नेसम्मको यात्रा, यति धेरै वर्षसम्म तिमीलाई ब्याटिङ गरेको र तिम्रो विरुद्ध खेलेको हेर्न पाउनु निकै राम्रो रह्यो । तर, त्योभन्दा बढी म हाम्रो मित्रता, खेल र खेलभन्दा बाहिरका कुराहरूमा हाम्रो समान सोचलाई महत्व दिन्छु ।’
कोहलीले अगाडि थपेका छन्, ‘हाम्रो हरेक कुराकानी र भेट मेरा लागि निकै विशेष छन् । म सधैँ तिम्रो सुखद भविष्यको कामना गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण