एआईको सहयोगमा तयार देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक
शुक्रबार, २९ जेठ २०८३, १४ : ४८
सारांश
- गायक ओजभिन जिन गुरुङको स्वर रहेको देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक भएको छ, जसमा एआईको प्रयोग गरिएको छ ।
- सुरेश राईले शब्द तथा सङ्गीत दिएको यो गीतको अवधारणा गोविन्द गुरुङले तयार गरेका हुन् ।
- नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता तथा राष्ट्रिय पहिचानलाई प्रस्तुत गर्ने प्रयास गरिएको भिडियोले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
काठमाडौँ । गायक ओजभिन जिन गुरुङको स्वर रहेको देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा एआईको प्रयोग गरिएको छ । गीतमा शब्द तथा सङ्गीत सुरेश राईको छ ।
बाल गायक ओजभिनले यसअघि मास्टर नेपाल जुनियरको अवार्ड जितेका थिए । गीतको अवधारणा गोविन्द गुरुङले तयार गरेका हुन् । म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा निर्माण निरञ्जन पाण्डेले गरेका छन् ।
भिडियोमा नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता तथा राष्ट्रिय पहिचानलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । गीत तथा भिडियो निर्माणमा गायिका आनी छोइङ डोल्मा, आरोही पासाङ दावा शेर्पालगायतले सहयोग गरेका छन् ।
अमेरिकास्थित प्रोडक्सन हाउस ‘मुभिज इन्फिनिटी क्रिएसन’को ब्यानरमा निर्माण गरिएको भिडियोले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति
-
जासुसी गरेको आशङ्कामा चीनमा एक अमेरिकी अनुसन्धानकर्ता पक्राउ
-
कर्णाली करिडोर बन्द गरिएको भन्दै हुम्लाका नागरिक आन्दोलित (तस्बिरहरू)
-
सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न विशेष अदालतको आदेश
-
राष्ट्रिय सभामा समेत उठ्यो अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग
-
बालसेना भर्तीबारे सर्वोच्चले जारी गरेको निर्देशनात्मक आदेशमा के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण