उपत्यकामा अव्यवस्थित तार व्यस्थापन अभियान तीव्र
सारांश
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकामा दूरसञ्चार र इन्टरनेटका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानलाई तीव्रता दिइएको छ ।
- सरकारले त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुसी टाउन प्लानिङ, कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा आगामी १५ दिनभित्र चरणबद्ध रूपमा तार हटाउने कार्य गरिनेछ ।
- ट्याग नभएका वा पहिचान गर्न नसकिने तार हटाउन वा व्यवस्थापन गर्नुपर्ने अवस्था आएमा त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित सेवा प्रदायकले नै व्यहोर्नुपर्नेछ ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा अव्यवस्थित रूपमा झुन्डिएका लत्रिएका तथा प्रयोगविहीन तार व्यवस्थापनलाई व्यवस्थित गर्न लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकामा दूरसञ्चार र इन्टरनेटका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानलाई तीव्रता दिइएको हो ।
सुरुवातमा सरकारले अव्यवस्थित तार व्यवस्थापन त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुसी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा आगामी १५ दिनभित्र चरणबद्ध रूपमा तार हटाउने कार्य गरिने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सो अवधिभर सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दैनिक रूपमा सहभागी हुन र आफ्ना सबै तारमा स्पष्ट पहिचान खुल्ने ट्याग राख्न निर्देशन दिएको छ । ट्याग नभएका वा सम्बन्धित सेवा प्रदायकका प्रतिनिधि उपस्थित नभएमा र पहिचान गर्न नसकिने तार हटाउन, काट्न वा अन्य व्यवस्थापन गर्नुपर्ने अवस्था आए त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित सेवा प्रदायकले नै व्यहोर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
भविष्यमा नेटवर्क विस्तार, मर्मतसम्भार तथा पुनः व्यवस्थापनका कार्यहरू गर्दा नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको डाइरेक्टिभ्स फर लेइङ एन्ड मेन्टेनिङ अप्टिकल फाइबर नेटवर्क बमोजिम मात्रै काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस अभियानबाट कुन तार कुन सेवा प्रदायकको हो भन्ने स्पष्ट पहिचान स्थापित हुने, दूरसञ्चार पूर्वाधारको अभिलेखीकरण तथा नियमनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने तथा पोल प्रयोगबापतको शुल्क र अन्य दायित्व व्यवस्थापनमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।
शहरी सौन्दर्य अभिवृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सडक क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको तार भूमिगत परियोजनाअन्तर्गत हाल पोलमा रहेका तारहरूको पहिचान तथा व्यवस्थापनको काम अघि बढाइएको जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
-
औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण