गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय
सारांश
- विशेष अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवलाई दोषी ठहर गरेको छ ।
- अदालतले यादवलाई १ वर्ष कैद र गैरकानुनी रूपमा आर्जन गरेको देखिएको १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबर नै जरिवाना हुने फैसला सुनाएको छ ।
- यादवको वैध आयको तुलनामा १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको र सो रकम गैरकानुनी रूपमा आर्जन गरेको अदालतको ठहर छ ।
काठमाडौँ । विशेष अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवलाई दोषी ठहर गरेको छ ।
शेष अदालत काठमाडौँका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो ।
अदालतले यादवलाई १ वर्ष कैद र गैरकानुनी रूपमा आर्जन गरेको देखिएको १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबर नै जरिवाना हुने फैसला सुनाएको छ । साथै स्रोत नखुलेको बिगो बराबरको उनको घर तथा जग्गा लगायतका सम्पत्तिहरू जफत हुने फैसलामा उल्लेख छ । यादवले अपराध पीडित संरक्षण ऐन बमोजिम पीडित राहत कोषमा ४ लाख ५० हजार ८ सय २६ रुपैयाँ दाखिला गर्नुपर्ने छ ।
अदालतले यादवको जाँच अवधि (मिति २०६३/०५/०८ देखि २०८१/०३/३० सम्म) को समग्र आय र व्ययको विश्लेषण गरेको थियो । सो अवधिमा यादवको वैध आय ४ करोड २५ लाख ९२ हजार ९ सय ५१ रुपैयाँ ३० पैसा देखिएको छ भने उनको खर्च र लगानी (व्यय) ५ करोड ३८ लाख ६३ हजार ६ सय १९ रुपैयाँ ९२ पैसा पुगेको देखिएको छ । यसरी उनको वैध आयको तुलनामा १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको र सो रकम गैरकानुनी रूपमा आर्जन गरेको अदालतको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने अर्थमन्त्रीकाे आश्वासन
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण