आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु

आइतबार, ३१ जेठ २०८३, १४ : ०४
आइतबार, ३१ जेठ २०८३

सारांश

  • ब्राजिलको साओ पाउलो राज्यस्थित लिमेइरामा बन्जी जम्पका क्रममा डोरी नबाँधी पुलबाट खसाउँदा एक २१ वर्षीया युवतीको मृत्यु भएको छ।
  • कर्मचारीहरूको गम्भीर लापरबाहीले गर्दा सुरक्षा डोरी युवतीको शरीरमा बाँध्न बिर्सिएर उनलाई पुलबाट तल खसालेको थियो।
  • प्रहरीले यस घटनामा आपराधिक मुद्दा चलाउन सकिन्छ कि छैन भन्नेबारे अनुसन्धान सुरु गरेको छ र ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।

साओ पाउलो । ब्राजिलमा बन्जी जम्प गर्ने क्रममा डोरी नै नबाँधी पुलबाट खसाउँदा एक २१ वर्षीया युवतीको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो राज्यस्थित लिमेइरामा रहेको स्केलेटन ब्रिजमा कर्मचारीहरूको गम्भीर लापरबाहीका कारण यो दुःखद घटना भएको हो ।

बन्जी जम्प गराउने कर्मचारीहरूले सुरक्षा डोरी युवतीको शरीरमा बाँध्न बिर्सिएरै उनलाई पुलबाट तल खसालेका थिए। विभिन्न कोणबाट खिचिएको भिडियो फुटेजमा दुई जना कर्मचारीले २१ वर्षीया मारिया एडुआर्डा रोड्रिग्स डे फ्रिटासलाई बोकेर पुलको किनाराबाट तल फ्याँकेको देखिन्छ।

तर, ती कर्मचरीहरूमध्ये कसैलाई पनि उनको शरीरमा सुरक्षा डोरी बाँधिएको छैन भन्ने कुराको पत्तो भएन। मारियालाई पुलबाट खसालेको केही सेकेन्डमै त्यहाँ उपस्थित मानिसहरूले ‘डोरी, डोरी’ भन्दै चिच्याएको आवाज भिडियोमा सुन्न सकिन्छ।

दुर्भाग्यवश, मारियाले यो घटना हुनुभन्दा केही समय अघि मात्रै बन्जी जम्पका लागि बाँधिएको रिस्टब्यान्ड र सो पुलको तस्बिर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। उनले आफ्नो इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै, ‘मलाई पुलबाट हामफाल्न दिने त्यो पागल व्यक्ति को थियोरु’ भनी लेखेकी थिइन्।

घटनालगत्तै आपत्कालीन सेवाका कर्मचारीहरूलाई घटनास्थलमा बोलाइएको भए पनि उनलाई त्यहीँ मृत घोषित गरिएको थियो। उद्धार टोलीले उनको शव खोंचबाट निकालेर थप अनुसन्धानका लागि लिगल मेडिकल इन्स्टिच्युट पठाएको छ।

प्रहरीले यस घटनामा आपराधिक मुद्दा चलाउन सकिन्छ कि छैन भन्नेबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले घटनास्थलबाटै बन्जी जम्प सञ्चालन गराउने ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप