यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’ को शीर्ष गीत
काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित अर्काे चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष रिलिज गरिएको छ । रेनाशा वान्तवा राई निर्देशित फिल्मको शिर्ष गीतमा नव अभिनेता धिरज मगर देखिएका छन् ।
साम्राज्ञी र धिरजको चलचित्रमा रोमान्स देख्न सकिन्छ । सुजिल कर्मचार्यको शब्द रहेको गीतमा धिरजकै स्वर रहेको छ । गीतमा लण्डनको चित्रण गरिएको छ । ‘इन्टु मिन्टु लण्डनमा’लाई प्रज्वोल समशेर जबरा र प्रभु शमशेर जबराले मिलेर बनाएका हुन् ।
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’का सह–निर्मातामा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल छन्
शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमनको संगीत छ । ५ असोजबाट प्रदर्शनमा आउने यो चलचित्रमो रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको हो ।
चलचित्रमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिका देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण