मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट

मङ्गलबार, ०२ असार २०८३, ०५ : ५२
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को छनोट खेलमा साउदी अरब र उरुग्वेबीचको प्रतिस्पर्धात्मक खेल १-१ गोलको बराबरीमा टुंगिएको छ ।
  • अमेरिकाको मियामी गार्डेन्समा भएको खेलमा अन्तिम समयमा गोल गर्दै उरुग्वेले साउदी अरबको जितको सम्भावना टारेको छ ।
  • यो खेल फिफा विश्वकप २०२६ को समूह 'एच' अन्तर्गत भएको थियो ।

काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत मंगलबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा साउदी अरब र उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको मियामी गार्डेन्समा नेपाली समय अनुसार बिहान ३ः४५ बजे सुरु भएको खेलमा उरुग्वेले अन्तिम समयमा गोल गर्दै साउदी अरबको ऐतिहासिक जितको सपनालाई पूर्णविराम लगाइदिएको हो ।

खेलको पहिलो हाफमा साउदी अरबले उत्कृष्ट प्रदर्शन गर्दै बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई दबाबमा राखेको थियो । खेलको ४१ औँ मिनेटमा डिफेन्डर अब्दुलेलह अल–अम्रीले आकर्षक गोल गर्दै साउदीलाई सुरुवाती अग्रता दिलाएका थिए । अल–अम्रीको गोलसँगै पहिलो हाफसम्म साउदी अरब १–० ले अगाडि रह्यो । साउदीको कसिलो रक्षापंक्तिका अगाडि उरुग्वेका स्ट्राइकरहरू पहिलो हाफमा निरिह देखिएका थिए ।

दोस्रो हाफमा उरुग्वेले खेलमा फर्किन निकै आक्रामक रणनीति अपनाएको थियो । साउदीले ८० औँ मिनेटसम्म आफ्नो अग्रता जोगाउन सफल भए पनि अन्तिम १० मिनेट सम्हालिन सकेन । खेलको ८० औँ मिनेटमा मिडफिल्डर म्याक्सिमिलियानो अराउजोले गोल गर्दै उरुग्वेलाई १–१ को बराबरीमा ल्याए । अराउजोको सोही गोल नै उरुग्वेका लागि हार टार्न पर्याप्त बन्यो ।

यो सँगै जितको नजिक पुगेर पनि साउदी अरब अंक बाँड्न बाध्य भयो भने उरुग्वेले अन्तिम समयको पुनरागमनसँगै महत्वपूर्ण १ अंक जोडेको छ । यो बराबरीसँगै समूह ‘एच’ मा दुवै टोलीले समान १–१ अंकका साथ विश्वकपको यात्रा सुरु गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप