सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
सारांश
- हास्य कलाकार जितु नेपाल अभिनीत चलचित्र 'आई एम जितबहादुर' को सेलिब्रेटी प्रिमिएर गरिएको छ ।
- प्रिमियरमा सहभागी अधिकांशले फिल्मको कथा, प्रस्तुति र जितु नेपालको अभिनयको तारिफ गरेका छन् ।
- चलचित्रले गाउँको सामान्य युवक जितबहादुरको अभिनय सपना, सङ्घर्ष र सफलताको यात्रालाई चित्रण गरेको छ ।
काठमाडौँ । हास्य कलाकार तथा अभिनेता जितु नेपाल (मुन्द्रे) अभिनीत चलचित्र ‘आई एम जितबहादुर’ को सेलिब्रेटी प्रिमिएर गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित आएनआई चलचित्र भवनमा गरिएको प्रिमिएरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।
प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, निर्देशक तुलसी घिमिरे, अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार राजाराम पौडेल, हास्य कलाकार मनोज गजुरेल, कलाकार नारद खतिवडा, निर्देशक नरेश पौडेल, कलाकार महेश त्रिपाठी, निर्माता नवीन श्रेष्ठ, निर्देशक कपिल रिजाल, कलाकार सीतादेवी तिमल्सिना, निर्माता सुमन गिरी, गायक हेमन्त शर्मा, शिव परियार, लोकगायक रामप्रसाद खनाल, संजोग कोइराला, आयुष्मान देशराज जोशी, ‘कमेडी च्याम्पियन’ का प्रभात लामा, भारती घिमिरेलगायत थुप्रै सेलिब्रेटीको उपस्थिति थियो ।
_KdreEM6NDJ.jpg)
प्रिमियरमा सहभागी अधिकांश कलाकारले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको खुलेर तारिफ गरे । कलाकार बन्ने सपना बोकेका एक सामान्य व्यक्तिको सङ्घर्ष, मेहनत र सफलताको यात्रालाई भावनात्मक तथा मनोरञ्जनात्मक ढङ्गले फिल्मले उठाएको हेर्नेको प्रतिक्रिया थियो ।
चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियङ्का कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
_vMYe2d0MIM.jpg)
चलचित्रले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ । गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गरेका उनको चलचित्र सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका सङ्घर्ष, चुनौती र जीवनका उतार चढावलाई चलचित्रले मार्मिक ढङ्गले चित्रण गरेको छ ।
_mDhB4QtOxt.jpg)
सुभेन्दु घोष निर्देशित चलचित्रका निर्माता जितु नेपाल हुन् । सह–निर्मातामा राजन सिम्खडा र दीपेन्द्र अधिकारी रहेका छन् भने निश्चल कुँवर र नीरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन् । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण