बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन

बिहीबार, ०४ असार २०८३, ११ : ४३
बिहीबार, ०४ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबारेको छानबिन प्रतिवेदन माग गरेको छ ।
  • कांग्रेसले प्रधानमन्त्री शाहले भारतबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रोष्टममा उभिएर माफी माग्न वा स्पष्ट पार्न माग गरेको छ ।
  • गृहमन्त्री गुरुङमाथिको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा कांग्रेसले असन्तुष्टि जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबारेको छानबिन प्रतिवेदन माग गरेको छ । प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री शाहले संसद्‌मा ‘नेपालले भारतको जमिन मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

३ करोड नेपालीको भावनामा चोट पुगेको भन्दै उनले प्रधानमन्त्रीलाई रोष्टममा उभिएर सो विषयमा माफी माग्न वा स्पष्ट पार्न आग्रह गरे । प्रधानमन्त्री शाहको त्यो विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए । 

केरुङले गृहमन्त्री सुधन गुरुङमाथिको छानबिनका लागि गठित आयोगको प्रतिवेदन र मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘गृहमन्त्रीलाई कसरी सफाइ मिल्यो र प्रतिवेदनमा के छ भन्ने कुरा आम नागरिकले जान्न पाउनुपर्छ,’ केरुङले भने । 

केरुङले सरकारको कार्यशैलीमाथि  पनि प्रश्न उठाए ।  एकातिर सुशासनको नारा दिने र अर्कोतिर विपक्षी दललाई धम्क्याउने तथा संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने सरकारको कार्यशैली स्वीकार्य नहुने उनको तर्क थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप