'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
बिहीबार, ०४ असार २०८३, १२ : ११
सारांश
- शिक्षा मन्त्री सस्मित पोखरेलले बजेट कम भए पनि शिक्षा सुधार नरोकिने बताएका छन् ।
- उनले शिक्षा सुधारका लागि बजेट मात्रै पर्याप्त नभएको र सबै काममा बजेट आवश्यक नपर्ने स्पष्ट पारे ।
- मन्त्री पोखरेलले शिक्षक तालिम र तलबमा चालु खर्च जाने भएकाले पुँजीगत विनियोजन कम भएको र स्थानीय सरकारको पनि लगानी आवश्यक रहेको बताए ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नको छलफल दिँदै विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने बताएका हुन् ।
‘शिक्षा क्षेत्र सुधार गर्न सबै काममा बजेट आवश्यक पनि हुँदैन । बजेट विनियोजन कम भएकै कारणले शिक्षा सुधार हुँदैन भन्न मिल्दैन,’ उनले भने ।
उनले शिक्षकको तालिम, तलब चालु खर्चमा जाने भएकोले पुँजीगत विनियोजन कम भएको स्पष्ट पारे । सबै माध्यमिक विद्यालय स्मार्टबोर्ड जडान गर्ने भन्दै सरकारले शिक्षामा उच्च प्राथमिकता दिएको उनले बताए ।
विद्यालय शिक्षा स्थानीय सरकारको मुख्य जिम्मेवार भएकोले स्थानीय सरकारले पनि उल्लेख्य लगानी हुनुपर्ने पोखरेलले बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण