युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
सारांश
- युक्रेनले बिहीबार बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ ।
- मस्कोका मेयरका अनुसार राजधानीको दक्षिणपूर्वी कपोत्न्या जिल्लामा रहेको मस्को तेल प्रशोधन केन्द्रमा धेरै ड्रोन प्रहार भएका छन् ।
- युक्रेनको आक्रमणबाट मस्को बाहिरका केही स्थानमा पनि क्षति पुगेको छ भने रोस्तोभ क्षेत्रमा एक सर्वसाधारणको मृत्यु भएको छ ।
मस्को । युक्रेनले बिहीबार बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ । पछिल्लो एक साताभित्र उक्त केन्द्रमाथि गरिएको यो दोस्रो आक्रमण हो ।
मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार राजधानीको दक्षिणपूर्वी कपोत्न्या जिल्लामा रहेको मस्को तेल प्रशोधन केन्द्रमा धेरै ड्रोन प्रहार भएका छन् । मस्कोतर्फ आउँदै गरेका चार दर्जनभन्दा बढी ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीले खसालेको पनि उनले बताए ।
टेलिग्राममार्फत जारी सन्देशमा सोब्यानिनले वायु प्रतिरक्षा बलहरूले ठुलो मात्रामा भइरहेको आक्रमणलाई प्रतिरोध गरिरहेका बताएका थिए । घटनास्थलबाट सार्वजनिक भएको भिडियोमा प्रशोधन केन्द्रको एक भागबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ । त्यसपछि अर्को भागमा ठुलो विस्फोट हुँदा इन्धन भण्डारण ट्याङ्कीको छाना हावामा उडेको दृश्य देखिएको छ ।
मस्को बाहिर रहेको झुकोभ्स्की क्षेत्रमा एउटा आवासीय भवनमा पनि ड्रोन ठोक्किएको बताइएको छ । मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार उक्त आक्रमणबाट भवन र केही बाल्कोनीमा क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन ।
उनका अनुसार ड्रोनका भग्नावशेष राजधानी बाहिरका अन्य स्थानहरूमा पनि खसेका छन्। त्यसबाट एउटा फिटनेस सेन्टर, औद्योगिक प्रतिष्ठान, किनमेल केन्द्र तथा निजी घरमा क्षति पुगेको छ । सपिङ सेन्टमा समेत आगलागी भएको बताइएको छ ।
यता, रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको अर्को ड्रोन आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर युरी स्ल्युसारका अनुसार आक्रमणबाट एउटा रेल इन्जिनमा क्षति पुगेको छ र दुई वटा व्यावसायिक प्रतिष्ठानमा आगलागी भएको छ ।
बिहीबारको यो आक्रमण मङ्गलवार भएको ड्रोन हमलापछि भएको हो । त्यसबेला पनि मस्को तेल प्रशोधन केन्द्र परिसरभित्रको एउटा संरचनामा क्षति पुगेको मस्को प्रशासनले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण