शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हर्कराजले मागे महावीरसँग अबण्डा १० करोड रकम

शुक्रबार, ०५ असार २०८३, ११ : ३३
शुक्रबार, ०५ असार २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले मन्त्री महावीर पुनसँग धरानका विभिन्न योजनाका लागि १० करोड बजेट मागेका छन् ।
  • राईले धरान १७ फोकल्याण्डमा प्रदेश स्तरीय नास्ट भवन निर्माणका लागि बजेटको माग गरेका हुन् ।
  • उनले धरान आविष्कार केन्द्रका लागि उपकरण खरिद र बिजुली निकाल्न बजेट विनियोजन गर्न पनि माग गरेका छन् ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनसँग धरानका विभिन्न योजना सम्पन्न गर्न रकम माग गरेका छन् । 

सांसद राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयलाई शुक्रबार पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नं। १७ फोकल्याण्डमा प्रदेश स्तरीय  नास्ट नेशनल एकेडेमी अफ साइन्स टेक्नोलोजी भवन निर्माण गर्न बजेट नरहेको भन्दै निर्माणाधीन भवनका लागि कम्तीमा १० करोड या सम्पन्न हुने गरी अबण्डा बजेटबाट उपलब्ध गराउन माग गरेका हुन् । 

साथै उनले यही आर्थिक वर्षमा काम हुने गरी धरान आविष्कार/प्रवर्तन केन्द्र (पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस भित्र रहेको) लाई आवश्यक उपकरणहरू खरिद गर्न तथा धरान–२० वडा कार्यालय छेउ नमुना ध्ष्लमतगचदष्लभ स्थापना गरी बिजुली निकाल्न आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन् । विज्ञान, प्रविधि तथा नवप्रर्वत मन्त्री महावीर पुन छन् ।

724424523_1054277120262626_945506934236154960_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप