सरकार कानुनी राज्यको बर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर
सारांश
- नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार कानुनी राज्यको धज्जी उडाउँदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गर्न लागेकाले सबै पक्ष सजग रहनुपर्ने बताएका छन् ।
- उनले विदेशमा पसिना बगाइरहेका लाखौँ नेपाली श्रमिकको त्यागले देशको अर्थतन्त्र धानिरहेको तर सरकार व्यवसायीहरूको तेजोवध गर्न उद्धत रहेको बताए ।
- महरले लोकतन्त्र केवल शासन प्रणाली नभई नागरिकको अधिकार, स्वतन्त्रता र अवसरको आधार भएको उल्लेख गर्दै संविधानको मर्म र लोकतान्त्रिक संस्थाहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार कानुनी राज्यको धज्जी उडाउँदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गर्न लागेकाले सबै पक्ष सजग रहनुपर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको तेह्रौँ साधारण सभालाई सम्बोधन गर्दै महरले साे कुरा बताएका हुन् ।
विदेशमा पसिना बगाइरहेका लाखौँ नेपाली श्रमिकको योगदानको चर्चा गर्दै उनीहरूको त्यागले देशको अर्थतन्त्र धानिरहेको तर सरकार भने ब्यबसायीहरुको तेजोवध गर्नतर्फ उद्धत रहेको बताउँदै उनले भने– ‘प्रत्येक रेमिट्यान्सको पछाडि एउटा परिवारको सपना, एउटा आमाको प्रतीक्षा र एउटा बालबालिकाको भविष्य जोडिएको हुन्छ। त्यसैले श्रमिकको सम्मान र उनीहरूको अधिकारको संरक्षण हाम्रो साझा दायित्व हो ।’
महरले आफ्नो सम्बोधनमा लोकतान्त्रिक मूल्य, विधिको शासन र संविधानप्रतिको प्रतिबद्धता कमजोर हुन नदिन सबै सचेत रहनुपर्ने धारणा व्यक्त गरे । जनताले आन्दोलन मार्फत निर्माण गरेका संस्थाहरू माथि प्रहार गरिरहेका सरकारी गतिविधि प्रति चिन्ता व्यक्त गर्दै भने- ‘यदि कुनै पनि शक्ति वा प्रवृत्तिले लोकतान्त्रिक र संवैधानिक संरचनालाई कमजोर बनाउने प्रयास गर्छ भने नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक सबै सजग हुन आवश्यक छ।
उनले लोकतन्त्र केवल शासन प्रणाली नभई नागरिकको अधिकार, स्वतन्त्रता र अवसरको आधार भएको उल्लेख गर्दै संविधानको मर्म र लोकतान्त्रिक संस्थाहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए।
सम्बोधनको अन्त्यमा उनले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै विदेशबाट प्राप्त पुँजी, सीप र अनुभवलाई राष्ट्रिय समृद्धिसँग जोड्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक : डा. मिश्र
-
सरकारले १० वर्षको कृषि अनुदान छानबिन गर्ने
-
किन एकाएक सुस्तायो मनसुन ? एल निनोभन्दा बाहिरका कारण पनि जिम्मेवार
-
राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
-
हस्तकलामा ललितपुर महानगर : अब ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगो
-
अमेरिका–इजरायल सम्बन्धमा पटक–पटक देखिएका दरार, सहयोग भने यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण