मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग
सारांश
- शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
- कोक्यापका अध्यक्ष पुष्प भुसालले मानव अधिकार रक्षकहरू लोकतन्त्र, जवाफदेहिता, विधिको शासन तथा मानव अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
- भुसालले मानव अधिकार रक्षक संरक्षण नीति र राष्ट्रिय मानव अधिकार आयोगद्वारा मस्यौदा गरिएको संरक्षण, सुरक्षा र पहिचान सम्मान सम्बन्धी नमुना कानुन तत्काल स्वीकृत गरी कार्यान्वयनमा ल्याउन माग गरे।
काठमाडौँ । शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।आइतबार कोक्यापले आयोजना गरेको मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्प भुसालले उक्त माग गरेका हुन्।
उनले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि मानव अधिकार रक्षकहरूले लोकतन्त्र, जवाफदेहिता, विधिको शासन तथा मानव अधिकार संरक्षणमा महत्त्वपूर्ण र साहसिक भूमिका निर्वाह गरिरहेको बताए ।
मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्नु राज्य, नागरिक समाज र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी भएको उनको भनाइ छ ।
भुसालले मानव अधिकार रक्षक संरक्षण नीति हालसम्म स्वीकृत हुन नसकेको बताउँदै तत्काल स्वीकृत गरी कार्यान्वयनमा ल्याउन पनि माग गरे ।
उक्त नीति देशभर विभिन्न क्षेत्र, भूगोल र समुदायमा कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षणका लागि अत्यन्त महत्त्वपूर्ण आधार रहेको उनको भनाइ छ ।
न्यायप्रतिको प्रतिबद्धताका बाबजुद मानव अधिकार रक्षकहरू अझै पनि जोखिम, उत्पीडन, प्रणालीगत धम्की तथा कतिपय अवस्थामा भौतिक हिंसाको छायाँमा काम गर्न बाध्य रहेको उनले बताए।
डर, त्रास र हस्तक्षेपविहीन वातावरणमा स्वतन्त्र रूपमा मानव अधिकारको रक्षा गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए।
उनले राष्ट्रिय मानव अधिकार आयोगद्वारा मस्यौदा गरिएको मानव अधिकार रक्षकको संरक्षण, सुरक्षा र पहिचान सम्मान सम्बन्धी नमुना कानुनलाई छिटो स्वीकृत गरी कार्यान्वयनमा ल्याउन पनि आग्रह गरे।
उनले हाल नेपालको मानव अधिकारको अवस्था जटिल बन्दै गएको र नागरिक अधिकार पनि क्रमशः खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण