झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार जनताको आशा र भरोसमा खरो ढङ्गले उत्रने बताएका छन् । भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई उद्घाटन गर्दै लामिछानेले रास्वपालाई लडाउने र ढलाउने प्रयास हुनसक्ने भन्दै भन्दै त्यसतर्फ सचेत रहेको बताए ।
‘म यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु । हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर जुन सहमति गरेका छौँ । त्यो एक एक अक्षर इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रण गर्दछु’, सभापति लामिछानेको भनाइ छ । उनले यो निजी कुरा नभएको भन्दै सरकार सञ्चालन गर्न चुनाव अघि नै बालेनको खुट्टामा गोल हान्ने जिम्मा दिएको र अब फटाफट गोल हान्ने बताए । उनले झुक्किएर बल अन्त गए पनि बालेनकै खुट्टामा बल पास गर्ने जिम्मा आफ्नो भएको बताए ।
‘यहाँ मुख मिठ्याउने र चुक्ली लगाउने धेरै छन्’, उनले आफ्नै पार्टीका नेताहरूलाई समेत गुट उपगुटको राजनीति नगर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण