कोशीमा मनसुन सक्रिय, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
सारांश
- कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ।
- कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
- लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर अर्थात् ‘लु’ चल्ने सम्भावना छ।
काठमाडौँ। हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ।
अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली भएको छ। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो र राति देशका हिमाली र पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।
यसैगरी कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ। तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यता पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर अर्थात् ‘लु’ चल्ने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही क्षेत्रमा पनि अत्यधिक गर्मी भई तातो दिन हुने महाशाखाको पूर्वानुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण