सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

सोमबार, ०८ असार २०८३, ०७ : ३८
सोमबार, ०८ असार २०८३

सारांश

  • चितवनको भरतपुरमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
  • दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिब गुरुङको मृत्यु भएको हो।
  • प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो। 

दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए। घाइते दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा आज बिहान २:४० बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनालगत्तै प्रहरीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा रहेका चालकमाथि सोधपुछ गर्दै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप