दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु
सारांश
- ललितपुरको बाँडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ९ वर्षीय बालक वालदेन तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।
- काठमाडौँको भोटेबहालबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
- दुर्घटनामा संलग्न दुई सवारी साधनका चालकको खोजी तथा अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । काठमाडौँ र ललितपुरमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ललितपुरको बाँडेगाउँमा आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ९ वर्षीय बालक वालदेन तामाङको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा नमस्ते मेट्रो अस्पतालमा मृत्यु भएको हो । बालकलाई ठक्कर दिने मोटरसाइकलको नम्बर नखुलेको र खोजी कार्य भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
मृतक बालक गोदावरी नगरपालिका वडा नम्बर–३ का स्थानीय हुन् । त्यस्तै, भोटेबहालबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ४२ वर्षीया महिला छिन् । उनको नाम र ठेगाना खुलेको छैन । आइतबार बिहान ११ बजे उनलाई बा.३ ख ४६४० नम्बरको मिनीट्रकले ठक्कर दिएको थियो ।
उपचारको क्रममा गएराति उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । मिनीट्रक चालक गुल्मी घर भएर काठमाडौँको दमाई टोल बस्ने २८ वर्षीय सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण