दुई टिपरमा च्यापिएर युवकको मृत्यु
सोमबार, ०८ असार २०८३, १२ : ४२
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गएराति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ ।
पाँचखाल नपा–८ होक्से घर भएका सहचालक १९ वर्षीय देवेन्द्र तामाङको बा४ख ९८२५ नम्बरको टिपरमा बालुवा लोड गरी ब्याक गर्ने क्रममा सोही स्थानमा रोकी राखेको बा४ख ९९०९ नंको टिपरको बीचमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।
उनका अनुसार घटनापछि एक जना टिपरका चालक फरार छन् भने अर्का चालक प्रहरी नियन्त्रणमा छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको ओइरो
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण