राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
सारांश
- गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ।
- हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् भएको भन्दै आयोगमा उजुरी परेको हो।
- आयोगले गृहमन्त्री गुरुङ र निजको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन माग गरेको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री गुरुङ गुरुङविरूद्ध उजुरी परेको हो।
हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।
आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिइ घटनाको सत्यतथ्य जाँचबुझ गर्न माग गरिएकाे छ ।
गृह मन्त्री तथा सांसद सुदन गुरुङको टोली प्रवेश गरेको गत जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत माग गरिएकाे छ।
त्यस्तै पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरुङ र निजको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन तथा अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवार प्रहरी कर्मचारीहरूलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी गर्न माग गरिएकाे छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले गत जेठ २१ गते प्रेस विज्ञप्ति जारी गर्दै गुरुङले दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी उनीहरूमाथि मानसिक दबाब सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा राजनीतिक प्रभाव प्रयोग गर्ने प्रयास गरेको बताएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण