सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

शिक्षामन्त्रीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सोमबार, ०८ असार २०८३, १५ : ११
सोमबार, ०८ असार २०८३

सारांश

  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
  • पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्न चाहेको बताएका छन् ।
  • रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएपछि उम्मेदवारी दर्ता हुनेछ ।

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । 

केन्द्रीय सदस्य भएर आफूले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्न चाहेको पोखरेलले बताए । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु।’

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप