एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
सारांश
- ओराकलले एआई केन्द्रित पुनर्संरचनाका क्रममा विश्वभर करिब २१ हजार कर्मचारी कटौती गरेको छ ।
- कम्पनीको कार्यबलमा करिब १३ प्रतिशतले कमी आएको छ, जुन एआई प्रविधिको प्रयोग बढ्दै गएकोले भएको हो ।
- ओराकलले कर्मचारी कटौती र पुनर्संरचनामा १.८ अर्ब डलर खर्च गरेको छ र एआई पूर्वाधारमा ठूलो लगानी गर्ने योजना छ ।
क्यालिफोर्निया । अमेरिकी प्रविधि कम्पनी ओराकलले कृत्रिम बौद्धिकता (एआई) केन्द्रित व्यावसायिक पुनर्संरचनाका क्रममा विश्वभर करिब २१ हजार कर्मचारीको जागिर कटौती गरेको छ । कम्पनीको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार सन २०२६ मे ३१ सम्म ओराकलमा १ लाख ४१ हजार पूर्णकालीन कर्मचारी छन् । अघिल्लो वर्ष सोही अवधिमा यो संख्या करिब १ लाख ६२ हजार थियो । यसरी एक वर्षमा कम्पनीको कुल कार्यबलको करिब १३ प्रतिशत घटाइएको छ ।
कम्पनीका विभिन्न सञ्चालन प्रक्रियामा एआई प्रविधिको प्रयोग बढ्दै जाँदा कर्मचारी संख्या घट्न सक्ने अवस्था सिर्जना भएको प्रतिवेदनमा ओरेकलले स्पष्ट रूपमा उल्लेख गरेको छ । कार्य सञ्चालनमा एआई प्रविधिको प्रयोगले कार्यबल घटाएको र भविष्यमा पनि यस्तो प्रभाव जारी रहन सक्ने कम्पनीले भनेको छ ।
ओरेकलले कर्मचारी कटौती तथा अन्य पुनर्संरचनात्मक प्रक्रियामा पछिल्लो आर्थिक वर्षमा करिब १ अर्ब ८० करोड गरेको जनाएको छ । यो अघिल्लो वर्षको ३७ करोड ४० लाख डलरको तुलनामा निकै बढी हो । पुनर्संरचनाले केही क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुन सक्ने तथा उत्पादकत्वमा असर पर्न सक्ने चेतावनी पनि कम्पनीले दिएको छ ।
ओरेकल हाल एआई कम्पनीहरूका लागि विशाल डेटा सेन्टर निर्माणको प्रतिस्पर्धामा छ । विशेष गरी ओपनएआई र मेटाजस्ता कम्पनीहरूलाई सेवा दिन कम्पनीले ठूलो लगानी गरिरहेको छ । बीबीसीका अनुसार ओरेकलले यस वर्ष मात्र एआई पूर्वाधारमा कम्तीमा ५० अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । कम्पनीका सहसंस्थापक ल्यारी एलिसन अहिले कम्पनीको प्रमुख प्रविधि अधिकृत (सीटीओ)को भूमिकामा छन् । उनी विश्वका धनी व्यक्तिहरूमध्ये एक हुन् ।
एआई क्षेत्रमा ठूलो लगानी गर्न लागेका अन्य प्रमुख प्रविधि कम्पनीहरूले पनि हजारौँ कर्मचारी कटौती गरेका छन् । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले आगामी वर्ष एआईमा करिब २०० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ र करिब ३० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । गूगल, एमाजन र मेटाले संयुक्त रूपमा यस वर्ष एआई प्रविधिमा करिब ६५० अर्ब डलर लगानी गर्ने अपेक्षा गरिएको छ । रोजगारी निगरानी गर्ने संस्थाहरूका अनुसार पछिल्लो एक वर्षमा विश्वभर १ लाखभन्दा बढी प्रविधि क्षेत्रका कर्मचारीहरू जागिरबाट हटाइएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण