मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रास्वपा महाधिवेशन : नेतृत्व चयनका लागि कडा मापदण्ड

मङ्गलबार, ०९ असार २०८३, १५ : ४५
मङ्गलबार, ०९ असार २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागू गरेको छ। 

योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले निर्वाचन सम्बन्धी नियममा कडाइ गरिएको हो।

निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक/एक जना प्रस्तावक अनिवार्य गरिएको छ। त्यस्तै, सभापतिका लागि ५१ जना समर्थक र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २१/२१ जना समर्थक अनिवार्य हुनुपर्ने व्यवस्था छ। 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने नियम बनाइएको छ। उनले भने, ‘नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो।’

देशकै ठुलो पार्टीका रूपमा रास्वपाको सङ्गठन सञ्चालनका लागि क्षमतावान् र योग्य समूह आवश्यक भएकाले छनोट प्रक्रिया कडा बनाइएको केसीले बताए। यसले केन्द्रमा प्रतिस्पर्धा गर्न सक्ने निखारिएका नेतृत्व मात्र अघि आउने उनको भनाइ छ। 

सङ्गठन विस्तारमा सक्रिय रहेकाहरूलाई समर्थक जुटाउन सहज हुने र उनीहरू नेतृत्वमा पुग्ने सम्भावना बढी हुने उनले उल्लेख गरे। आज बन्दसत्र समाप्त भएपछि रास्वपाको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप