सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा
सारांश
- कांग्रेस सभापति गगन थापाले पछिल्लो सात-आठ वर्षमा पार्टी सत्ताको लुछाचुँडी र भागबण्डामा अल्झिएकाले नागरिकको भरोसा गुमेको बताएका छन्।
- थापाले २०७२ सालपछि भएका निरन्तरका सत्ता फेरबदल र गठबन्धनको प्रवृत्तिले कांग्रेसको छवि बिग्रिएको र नयाँ पुस्ता टाढिएको बताए।
- उनले अबको कांग्रेस नेतामुखी नभई कार्यकर्ता र नागरिकमुखी हुनुपर्ने, उम्मेदवार छनोट प्रविधिमार्फत पारदर्शी बनाउने र १५औँ महाधिवेशन निष्पक्ष बनाउने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पछिल्लो सात–आठ वर्षमा पार्टी केवल सत्ताको लुछाचुँडी र भागबण्डामा अल्झिएका कारण नागरिकको भरोसा टुटेको बताएका छन् ।
मङ्गलबार झापामा कार्यकर्ता भेलामा सभापति थापाले कांग्रेस शक्तिको भोको समूह जस्तो देखिएको भन्दै यसलाई सच्याउनुपर्ने बताए ।
सभापति थापाले २०७२ सालमा संविधान बनेपछि भएका निरन्तरका सत्ता फेरबदल र कहिले एमालेसँग त कहिले माओवादीसँग मिलेर सरकार बनाउने प्रवृत्तिको आलोचना गरे ।
‘हामीलाई सरकार बनाउन र टिकाउन जस्तोसुकै गठबन्धन पनि हुने, तर नागरिकको समस्यासँग कुनै सरोकार नहुने अवस्था बन्यो,’ थापाले भने, ‘यही सत्ताको लोभले गर्दा कांग्रेसको छवि बिग्रिएको छ र नयाँ पुस्ता (जेनजी) हामीबाट टाढिएको छ।’
थापाले अबको कांग्रेस नेतामुखी नभई कार्यकर्ता र नागरिकमुखी हुनुपर्ने बताए । हालको संरचनामा सबैले माथिल्लो तह वा सभापतिलाई हेर्ने परिपाटी रहेको थापाले बताए । ‘अब यो पार्टीको पिरामिडलाई उल्ट्याउनुपर्छ। नेताले कार्यकर्तालाई र कार्यकर्ताले नागरिकलाई हेर्ने वातावरण बनाउनुपर्छ,’ थापाले भने ।
उनले उम्मेदवार छनोटको प्रक्रियालाई प्रविधिमार्फत पारदर्शी बनाउने बताए । ‘अबको चुनावमा कसलाई टिकट दिने भन्ने कुरा केन्द्रले होइन, सम्बन्धित पालिकाका क्रियाशील सदस्यहरूले डिजिटल माध्यमबाट तय गर्नेछन्,’ थापाले भने ।
थापाले १५औँ महाधिवेशनलाई पूर्ण रूपमा निष्पक्ष बनाउने प्रतिबद्धता जनाए । ‘१५औँ महाधिवेशन सबैको साझा महाधिवेशन हो। यदि कसैलाई निष्पक्षतामा शङ्का छ भने उहाँहरूले रोजेका मान्छे राखेर सदस्यता छानबिन र निर्वाचन समिति बनाउन म तयार छु,’ थापाले भने ।
संसद्मा जिम्मेवारी हेरफेर गरिएको विषयमा स्पष्ट पार्दै उनले यो कसैको अपमान नभई पार्टीको विधान र नयाँ नेतृत्व चयनपछिको स्वाभाविक प्रक्रिया भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण