बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रियामा ढिलाइ हुने

बुधबार, १० असार २०८३, ०७ : २७
बुधबार, १० असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ केन्द्रीय सदस्य पदको निर्वाचनका लागि ४०० बढीको उम्मेदवारी परेको छ ।
  • खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने प्राविधिक कारणले मतदान प्रक्रिया ढिलाइ हुने भएको छ ।
  • सभापतिमा रवि लामिछाने निर्विरोध भएसँगै पहिलो चरणको मतदान सकिएपछि अन्य पदाधिकारीको निर्वाचन हुनेछ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिहान ९ बजेदेखि हुने भनिएको मतदान लम्बिने भएको छ । ९९ जना केन्द्रीय सदस्य पदको लागि हुने निर्वाचनमा अहिलेसम्म निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन । 

खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने हुन्छ । तर आयोगले उम्मेदवारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढेको प्राविधिक नवराज पाण्डेले जानकारी दिए । 

'बिहान ४ बजेसम्म काम गरेर सबै प्राविधिक कुरा मिलाई सकेका छौं । आयोगबाट उम्मेदवारको लिस्ट आउने बित्तिकै क्लस्टरको आधारमा अगाडि सेटिङ मिलाउँ छौँ । सबै प्रक्रिया मिलाउँदा ढिलो हुन्छ', रातोपाटीसँग पाण्डेले भने । 

मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने उनले जानकारी दिए । ९९ केन्द्रीय सदस्य पदका लागि ४०० बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ । मतदानमा झन्डै ४५ सयको हाराहारीमा छ । यदि सबैले मतदान गरे भए कम्तीमा १५ देखि बढीमा २० घण्टासम्म लाग्ने पाण्डेले बताए । 

आयोगले मतदानका लागि दुई वटा प्रक्रिया अवलम्बन गरेको । प्रवासका लागि एपबाट हुनेछ । सभापतिमा रवि लामिछाने निर्विरोध भैसकेका छन् । पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुनेछ ।

रास्वपामा १९ पदाधिकारी र १५१ सदस्य  केन्द्रीय समितिको व्यवस्था छ । रास्वपाले मतदानको लागि राम-लक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ । मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप