सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सारांश
- सार्वजनिक स्थल परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
- दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
- प्रहरीले मंगलबार राति १२:३० बजेको समयमा दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १२ः३० बजेको समयमा घाटमा केही व्यक्तिहरू भेला भई हो–हल्ला गरिरहेको र तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मोरङका सुरेन्द्र मणि मण्डल, सुनसरीका कैलाश ढुङ्गाना, भोजपुरका मनिष काफ्ले र मोरङका छविलाल घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण