संसद् बैठक
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
बुधबार, १० असार २०८३, १५ : ०१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक असार १२ गते शुक्रबारसम्म सारिएको छ ।
- सङ्घीय संसद् सचिवालयले नियमावली बमोजिम सभामुखले बैठकको समय परिवर्तन गरेको सूचना जारी गरेको छ ।
- रास्वपाको महाधिवेशन आज सक्ने कार्यतालिका भए पनि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन सकेको छैन ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधि सभा बैठकको समय परिवर्तन गरिएको छ ।
असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने गरी तय भएको बैठक असार १२ गते शुक्रबारसम्म सारिएको हो।
सङ्घीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो । सूचनामा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।
संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले हस्ताक्षर गरेर सूचना जारी गरेका हुन् ।
रास्वपाको असार ७ गतेबाट सुरु भएको बैठक आज सक्ने कार्यतालिका थियो । तर, नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण