बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा
सारांश
- बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ।
- नक्कली तथा प्रतिबन्धित औषधीको अवैध कारोबार भइरहेको आशङ्कामा प्रहरीले विशेष सूचनाका आधारमा छापा मारेको हो।
- छापाका क्रममा शङ्कास्पद औषधीहरू फेला परेका छन् र सञ्चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइनेछ।
बुटवल । बुटवलको एक फार्मेसीमा प्रहरीले छापा मारेको छ। बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा छापा मारेको बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । उक्त फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधीको अवैध कारोबार भइरहेको आशङ्कामा छापा मारिएको उनले बताए ।
भारतमा निर्मित केही औषधी नक्कली भएको आशङ्कामा औषधी व्यवस्था विभागले त्यस्ता औषधी खरिद–बिक्री नगर्न निर्देशन जारी गरिसकेको छ । त्यस्ता औषधी समेत सो फार्मेसीबाट बिक्री भएको सूचना पाएपछि छापा मारिएको प्रहरीले जनाएको छ।
छापाका क्रममा फार्मेसी तथा गोदाममा लुकाइएका शङ्कास्पद औषधीहरू फेला परेका छन् । पक्राउ परेका सञ्चालकविरुद्ध औषधि ऐन तथा जनस्वास्थ्यविरुद्धको कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नैतिक शिक्षासम्बन्धी विषयवस्तु विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण