रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया राति १२:३५ बजे सुरु भएको छ ।
- मतदान स्थलमा राखिएका होडिङ बोर्ड हटाउनुपर्ने माग गर्दै नाराबाजी भएपछि झडपको स्थिति बनेको थियो ।
- ९९ जना केन्द्रीय सदस्यका लागि भइरहेको मतदान प्रक्रिया भोलि बिहान १२ बजेसम्म जारी रहनेछ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको छ । बुधबार राति १०ः३० बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै दुई घण्टा ढिलो गरी राति १२ः ३५ बजेदेखि सुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार ९९ जना केन्द्रीय सदस्यका लागि मतदान भइरहेको छ । मतदान प्रक्रिया भोलि बिहान १२ बजेसम्म जारी रहनेछ । मतदान सम्पन्न भएको दुई घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।

त्यसअघि मतदानका लागि प्रतिनिधिहरू राति ११ बजेदेखि नै लाइनमा बसेका थिए । मतदान स्थलमा राखिएका होडिङ बोर्डहरू हटाउन र मतदान प्रक्रिया चाँडै सुरु गर्न माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गरेपछि स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । विवादपछि हल ‘ए’ मा रहेका संस्थापक तथा केन्द्रीय सदस्यहरूका बोर्डहरू हटाइकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण