लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको आठौँ अधिवेशनअन्तर्गत एघारौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार माननीय सभामुखको निर्देशनमा बैठक स्थगित गरिएको हो। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेपछि सत्ता पक्षभित्रै असन्तुष्टि देखिएको छ। बजेटप्रति असन्तुष्ट सांसदहरूले निरन्तर विरोध जनाउँदै आएपछि प्रदेश सभाको बैठक पछिल्ला केही दिनयता प्रभावित हुँदै आएको छ।
यसअघि पनि बजेटसम्बन्धी विवादका कारण बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। दलहरूबिच सहमतिको प्रयास जारी रहेकाले बैठक अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो ।
लुम्बिनी प्रदेश सभा सरकारले ल्याएको बजेटमा संसदहरु योजना काटिएको भन्दै विपक्षी सांसद र केही सत्ता पक्षका सांसदले समेत विरोध गर्दे आएका छन् । यस अघि हिजो पनि सरकारले सांसदसँग वार्ता गर्नको लागि भन्दै सभामुखसँग समय मागेर आजसम्मको लागि बैठक स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य व्यवसायी परिषद् बोर्ड अपूर्ण, विषयगत अनुगमनमा बाधा
-
रास्वपा पदाधिकारीमा सहमतिको प्रयास, मतदाता तितरबितर
-
मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा
-
आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
-
अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण