अदालत
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
बिहीबार, ११ असार २०८३, १२ : २१
सारांश
- पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
- पौडेललाई मन्त्री पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
- पौडेलकी पत्नी दोमाया पौडेलले गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
काठमाडौँ । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेका हुन् ।
पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
मन्त्री पदको दुरुपयोग गरेर पौडेलले भट्टलाई श्रीराम टोवाको प्रालिको सेयर खरिदमा सहजीकरण गरेको विभागका अधिकृतहरू बताउँछन् ।
गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य व्यवसायी परिषद् बोर्ड अपूर्ण, विषयगत अनुगमनमा बाधा
-
रास्वपा पदाधिकारीमा सहमतिको प्रयास, मतदाता तितरबितर
-
मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा
-
आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
-
अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण