अपडेट
रास्वपा महाधिवेशन : सभापति लामिछानेले गरे मतदान
बिहीबार, ११ असार २०८३, १२ : २५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सभापति रवि लामिछानेले मतदान गरेका छन् ।
- केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा सभापति लामिछानेले मतदान प्रक्रिया अन्तिम चरणमा पुगेपछि मतदान गरेका हुन् ।
- रास्वपाको महाधिवेशनमा ३७९ जना उम्मेदवारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा सभापति रवि लामिछानेले मतदान गरेका छन् ।
मतदान प्रक्रिया अन्तिम चरणमा पुगेसँगै सभापति लामिछानेले मतदान गरेका हुन् ।
गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मतदान सम्पन्न भएको २ घण्टामा परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । त्यसपछि पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य व्यवसायी परिषद् बोर्ड अपूर्ण, विषयगत अनुगमनमा बाधा
-
रास्वपा पदाधिकारीमा सहमतिको प्रयास, मतदाता तितरबितर
-
मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा
-
आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
-
अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण