बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
बिहीबार, ११ असार २०८३, २१ : २४
कलैया । जिल्लामा यस वर्ष ९३ हजार ३३० मेट्रिकटन चैतेधान उत्पादन भएको छ । जिल्लामा १८ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९३ हजार ३३० मेट्रिकटन उत्पादन भएको हो ।
कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण साहले किसानले विभिन्न जातका चैते धान १८ हजार ३०० हेक्टर क्षेत्रफलमा खेती गरेकामा प्रतिहेक्टर पाँच दशमलव एक मेट्रिकटनका दरले उत्पादन भएको जानकारी दिए ।
उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजारमा बिक्री हुने गरेको जनाउँदै कृषि अर्थ विज्ञ गणेश महराले सो बिक्रीबापत रु एक अर्ब ८६ करोड ६६ लाख बराबर आम्दानी भएको उल्लेख गरे ।
गत वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकामा प्रतिहेक्टर पाँच दशमलव एक मेट्रिकटनका दरले रु दुई अर्ब एक करोड ९६ लाख बराबर आम्दानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण