‘रेनी’मा सनम र दीपकको रोमान्स
काठमाडौं – त्रिकोणात्मक प्रेमकथामा बनेको ‘रेनी’ ८ भदौदेखि प्रदर्शनमा आउँने चलचित्र हो । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई पनि तिबै्र बनाएको छ ।
बिमला मल्ल र संजिव मल्लको निर्माण रहेको चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित (दारी बा),दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नव–नायिका सनम मल्लको मुख्य भुमिका रहेको छ । गिरिश रिजाल (समीप)को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नव नायिका सनमले लेखेकी हुन् ।
चलचित्र आफ्ना लागि बिषेश रहेको अभिनेता दीपक ढकालले बताए । ढकाल अभिनित केही चलचित्र यस अगाडि प्रदशर््नमा आइसकेको छ । तर उनी दर्शकको नोटीसमा पर्न भने सकेका छैनन् । ‘रेनी’बाट आफु दर्शकको नोटिसमा पर्ने ढकालले सुनाए ।
काठमाडौ उपत्यका तथा कुलेखानी आसपासमा छायाँकन गरिएको चलचित्रमा एक्शन, लभ, कमेडीका साथै सामाजिक सन्देश रहेको निर्मात्री बिमलाले बताइन् ।
जयराम थापाको छायाँकन, बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत रहेको चलचित्रमा राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको छ । चलचित्र गोबिन्द शाहीले बितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण