शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

दर्ता प्रक्रियामा रहेका १५ वटा कन्सल्टेन्सीलाई पनि मुद्दा चलाउने निर्णय

१८ जना पक्राउ
शुक्रबार, १२ असार २०८३, ११ : ३३
शुक्रबार, १२ असार २०८३

सारांश

  • दर्ता प्रक्रिया पूरा नहुँदै विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीलाई मुद्दा चलाउने निर्णय भएको छ ।
  • शिक्षामन्त्रीको निर्णयपछि प्रहरीले दर्ता प्रक्रियामा रहेका १५ वटा कन्सल्टेन्सीका सञ्चालक र म्यानेजरसहित १८ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरूलाई शिक्षा ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउन पठाइएको छ ।

काठमाडौँ । दर्ता प्रक्रियामा पुरा नहुँदै विद्यार्थीहरूलाई विदेश पठाउने र शैक्षिक परामर्श सेवा सुरु गरेका कन्सल्टेन्सीहरूलाई पनि मुद्दा चलाउने निर्णय गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णयअनुसार प्रहरीले त्यस्ता कन्सलेन्टीमाथि अनुसन्धान अघि बढाएको छ ।

कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ १ मा काठमाडौँ उपत्यकाका १९५ वटा त्यस्ता कार्यालयमा छापा मारेको थियो । प्रहरीले ६८ जना कन्सल्टेन्सी सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो । तीमध्ये दर्ता प्रक्रियामा रहेका १५ वटा कन्सल्टेन्सीलाई प्रहरीले हाजिर जमानीमा राखेर त्यसबारे शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो ।

शिक्षामन्त्री स्तरीय निर्णयबाट दर्ता प्रक्रिया पुरा नहुँदै काम सुरु गरेका कम्पनीहरूलाई कारबाही गर्ने निर्णय भएसँगै १८ जना फेरि पक्राउ परेका छन् । १५ वटा कन्सल्टेन्सीका सञ्चालक र मेनेजरसहित १८ जनालाई बुधवार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

पक्राउ परेकाहरूलाई शिक्षा ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी खड्काले जानकारी दिए ।

दर्ता प्रक्रियामा रहेका अरू कन्सल्टेन्सीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप