२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भएर पनि अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न नयाँ योजना अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्दै गाउँपालिकाले छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने र उनीहरूका अभिभावकलाई सम्मान गर्ने घोषणा गरेको हो।
गाउँपालिकाले यस योजनाबाट छोरीहरूको उच्च शिक्षामा पहुँच विस्तार हुनुका साथै बालविवाह न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरेको छ।
धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा अध्यक्ष राजकुमार साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीयवासीको दैनिक आवागमन सहज बनाउन धनौजीदेखि जनकपुरधामसम्म न्यून शुल्कमा नियमित बस सेवा सञ्चालन गर्ने योजना पनि समावेश गरिएको छ। शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा तथा व्यापार–व्यवसायका लागि जनकपुरधाम पुग्नुपर्ने स्थानीयवासीलाई सुलभ यातायात उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासका अनुसार निजी सवारीको अभाव र सार्वजनिक यातायातको अनियमितताका कारण स्थानीयले भोग्दै आएको समस्या समाधान गर्न गाउँपालिकाले आफ्नै पहलमा बस सेवा सञ्चालन गर्न लागेको हो।
नीति तथा कार्यक्रममा स्वास्थ्य, पोषण, शिक्षा, कृषि र सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको छ। बहुक्षेत्रीय पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आगामी पाँच वर्षभित्र धनौजीलाई ‘पूर्ण पोषणयुक्त गाउँपालिका’ घोषणा गर्ने लक्ष्य लिइएको छ। कुपोषण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार तथा पोषणसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य परीक्षण तथा परामर्श दिने व्यवस्था पनि गरिनेछ। साथै ज्येष्ठ नागरिक र सुत्केरी महिलाका लागि घरदेखि जिल्ला अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने नीति गाउँपालिकाले लिएको छ।
कृषि क्षेत्रमा ‘एक गाउँ, अनेक उद्यान’ कार्यक्रम सञ्चालन गरी फलफूल तथा अन्य बालीका उद्यान विकास गर्ने, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जन बढाउन अनुदान कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
धनौजी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ६५ लाख ५७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यसमध्ये चालुतर्फ ३५ करोड १० लाख ५७ हजार रुपैयाँ र पुँजीगततर्फ २५ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सडक तथा पूर्वाधार, खानेपानी, सरसफाइ र संस्थागत सुदृढीकरणलाई बजेटको मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदूरपश्चिम प्रदेश सभा अन्तर्गतका समितिले के-के गरे काम ? विवरण माग्दा तर्किन्छन् सभापति र सचिवालय
-
राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपा पदाधिकारीकाे निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण