कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
काठमाडौँ । पद सीमित आकाङ्क्षी धेरै भएपछि रास्वपाको केन्द्रीय पदाधिकारीमा सहमतिसँगै मतदानको प्रक्रिया सँगसँगै अघि बढाइएको छ । ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएसँगै पदाधिकारीको ६ पदका लागि मतदान वा सहमतिबाट अघि बढ्ने भन्नेमा अझै निश्चित भइसकेको छैन ।
यद्यपि, नेतृत्वले दुवै प्रक्रियालाई सँगसँगै अघि बढाएको छ । खुला उपसभापतिमा डा.स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध बनेका छन् । तर महिला उपसभापति १ पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । जसमा मन्त्री सोविता गौतम र डा.तोसिमा कार्की रहेका छन् ।
त्यस्तै १ महामन्त्री पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
उता सहमहामन्त्री खुलातर्फ २ पदका ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार सार्वजनिक सहमहामन्त्रीका उम्मेदवारको अन्तिम नामावलीअनुसार रमेश प्रसाईंसहित यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन आयुक्त भुवन केसीले जानकारी दिएका छन् ।
महामन्त्रीमा दाबी गरेका कविन्द्र बुर्लाकोटी, शिशिर खनाल, जगदिश खरेल र उपसभापतिमा दाबी गरेकी समिक्षा बास्कोटाले सहमतिका लागि भन्दै पछि हटेका छन् ।
बुर्लाकोटी यसअघि महामन्त्री रहेका थिए । सभापति रवि लामिछानेका निकट मानिएका बुर्लाकोटीलाई उपसभापति मनोनयन गर्ने वा मन्त्री बनाउने आश्वासन सभापति रवि लामिछानेले दिएको बताइएको छ । यद्यपि बुर्लाकोटीले आफू पार्टी निर्माण र सहमतिबाट अघि बढ्न त्याग गर्न तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
-
सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत
-
सदूरपश्चिम प्रदेश सभा अन्तर्गतका समितिले के-के गरे काम ? विवरण माग्दा तर्किन्छन् सभापति र सचिवालय
-
राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपा पदाधिकारीकाे निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण