‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
सारांश
- जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हन्टर’ असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
- सार्वजनिक पोस्टरले चलचित्रमा अरुण क्षेत्री र प्रकाश शाहबिचको द्वन्द्व तथा अरुण क्षेत्री र सुप्रज्ञा शर्माबिचको प्रेम कथा रहेको संकेत दिएको छ ।
- दसैंको पूर्वसन्ध्यामा प्रदर्शन हुने यस चलचित्रले ‘मास अडियन्स’लाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हन्टर’ असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । सिंहको यो निर्देशनमा डेब्यु चलचित्र हो ।
सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै रोचक संकेतहरू दिएको छ । पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ । प्रकाश शाहको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले चलचित्रमा यी दुई पात्रबिचको द्वन्द्व रहेको अनुमान गर्न सकिन्छ ।
पोस्टरको तल्लो भागमा अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक मुडमा देखाइएको छ । यसले चलचित्रमो प्रेम कथा पनि बुनिएको बुझाउँछ ।
‘हन्टर’ को निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य छ । ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको चलचित्रका सह–निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल छन् । यो चलचित्रका कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन् ।
चलचित्रमा अरुण, प्रकाश र सुप्रज्ञाका अलावा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल, लालबहादुर थापागायतको अभिनय छ ।
निर्देशक सिंहकै सम्पादन रहेको चलचित्रमा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी, बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत छ ।
दसैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको यो चलचित्रले ‘मास अडियन्स’ लाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’
-
९५ प्रतिशत स्थानीय सरकारले ल्याए समयमै बजेट
-
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण