शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत

शुक्रबार, १२ असार २०८३, १५ : ०२
शुक्रबार, १२ असार २०८३

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले मुलुकको सिमानासँग सम्बन्धित विषयमा निरन्तर पैरवी गरी देश र जनताका पक्षमा उल्लेखनीय योगदान पुर्याएबापत सीमाविद् श्रेष्ठलाई रु एक लाख एक हजार १११ नगदसहित सम्मानपत्रबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष प्राडा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते सो पुरस्कार दिइने छ ।

करिब तीन दशकदेखि सो प्रतिष्ठानले राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।

नेपालको कूटनीतिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने डा.भेषबहादुर थापालाई गत वर्ष सो पुरस्कार प्रदान गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप