देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
सारांश
- सांसद रामकुमारी झाँक्रीले गत वर्षको जेनजी आन्दोलनको घटनामा मानव अधिकार आयोगको सिफारिस कार्यक्षेत्र बाहिर गएको भन्दै आपत्ति जनाएकी छन् ।
- उनले उक्त घटनाको छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा छुट्टै उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेकी छन् ।
- झाँक्रीले देश जलाउने कार्यमा संलग्नहरूलाई कारबाही गरी नेपालको स्वाभिमान उठाउनुपर्ने र गरिबहरू पनि सरकारविरुद्ध उभिनुपर्ने बताएकी छन् ।
काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन् ।
अब मानव अधिकार आयोगको कार्यक्षेत्रका बारेमा नयाँ बहस गर्नुपर्ने सांसद झाँक्रीको भनाइ छ । उनले जेनजी आन्दोलनका क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने माग समेत गरिन् । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरी सुनियोजित रूपमा देश जलाउने कार्यमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताइन् ।
बैठकमा उनले भनिन्, ‘मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनपर्यो । र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानबिन आयोग बनाओस् । उक्त आयोग सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस् । र भदौ २३ र २४ गतेको घटना सुनियोजित हिसाबले पूर्वतयारी गरेर कसले यो आन्दोलन चलाउनको लागि निर्देशन दियो, निर्णय गर्यो र फिल्डमा गएर देश जलाउने काम गर्यो ? यी देश जलाउनेहरू, देश द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ । र नेपालको स्वाभिमान माथि उठाउनुपर्छ । हामी चुप लाग्नु हुँदैन । अब गरिबहरू पनि उठ्नुपर्छ । किनभने यो सरकार मध्यम वर्ग र विदेशी दलालहरूको मात्र कुरा गरिरहेको छ ।’
सांसद झाँक्रीले वर्तमान सरकार मध्यम वर्ग र विदेशी दलालहरूको मात्र कुरा गरिरहेको आरोप लगाइन् । न्यून आय भएका र गरिबीको रेखामुनि रहेका समुदायहरू अब सरकारविरुद्ध खरो रूपमा उभिनुपर्ने समय आएको उनले उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण