बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
सारांश
- देशभर वर्षा र सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ।
- मेची राजमार्ग, मध्य पहाडी लोकमार्गका केही खण्डहरू पहिरो र बाढीले पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।
- बीपी राजमार्गमा बाढीको जोखिमले सवारी सञ्चालनमा रोक लगाइएको छ भने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ काठमाडौँ सडक मर्मतका लागि एक महिनासम्म बन्द रहनेछ।
काठमाडौँ । देशभर भइरहेको वर्षा र सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको आज बिहान ९ बजेसम्मको तथ्याङ्क अनुसार कोशी, बागमती र सुदूरपश्चिम क्षेत्रका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
मेची राजमार्गको इलाम नगरपालिका–९, राजदुवालीमा असार १३ गते खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। मध्य पहाडी लोकमार्गको भोजपुर नगरपालिका ५, बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि हाल एकतर्फी सुचारु रहेको छ। त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।
बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो अवरोध जेठ २२ गतेदेखि नै कायम रहेको छ।
कुलेखानी–फाखेल–हुमाने–फर्पिङ काठमाडौँ सडक खण्ड सडक मर्मत कार्यका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक खण्ड करिब १ महिनासम्म बन्द रहने जानकारी दिइएको छ।
मध्य पहाडी लोकमार्गको पञ्चदेवल विनायक नगरपालिका ४, पानीखोलामा आज खसेको पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण