भदौ २३ र २४ पछि प्रतिगमनको सिलसिला जारी छ : केपी ओली
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला जारी रहेको बताएका छन् ।
- उनले वैधानिक सरकारलाई विस्थापित गरी असंवैधानिक सरकार बनाइएको र त्यसका लागि झुठा प्रचार गरिएको आरोप लगाए ।
- ओलीले प्रधानमन्त्री बालेन शाहको भारतले नेपाली सीमा मिचेको अभिव्यक्ति निराधार र देशविरोधी भएको पनि बताए ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला जारी रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो’, ओलीले भने– ‘त्यस षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गर्यो । सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाइयो ।’
उनले आफूहरूका केही कमीहरू रहे आत्मसमीक्षा गर्न सकिने बताए । ‘तर हामीले देश बर्बाद पार्यौ भन्ने भाष्य गलत हो । प्यारामिटरहरु हेरौँ । देशद्रोही काम गरेर, विकासका काम नगरेर होइन, झुठा प्रचार गरेर अफवाह फैलाएर हामीलाई बदनाम गर्ने क्रियाकलाप भए र जनतामा आक्रोश पैदा गरियो’, ओलीले भने– ‘त्यो प्रतिगमनको आयोजनाका लागि त्यो गरिएको थियो र अहिले पनि जारी छ ।’
ओलीले त्यो प्रतिगमनलाई सही ठहराउन विघटन गरेको संसद्को चुनाव गरिएको भन्दै पहिले नै परिणाम घोषणा गरेर प्रतिकूल अवस्थामा चुनाव गरिएको बताए ।
एमालेले त्यसवेला यो निर्वाचन वामपन्थी र लोकतन्त्रका लागि नभएको भन्दै प्रतिगमनलाई वैधानिक ढङ्गले अघि बढाउन हुँदैछ भनेर भन्दा कन्भिन्स गर्न नसकेको पनि बताए ।
‘अहिले पनि हामी भ्रममा छैनौ, प्रतिगमनको सिलसिला अघि बढिरहेको छ’, उनले प्रधानमन्त्री बालेन शाहले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौ भनेर दिएको अभिव्यक्ति निराधार र देश विरोधी भएको बताए । तर अहिलेसम्म उक्त अभिव्यक्तिको प्रधानमन्त्री शाहले खण्डन नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वप्रधानमन्त्रीहरुको नयाँ सन्देशदेखि प्रतिनिधिसभामा विपक्षीको प्रश्नै प्रश्नसम्म
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण