असार १५ मा महासचिव पोखरेलको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
सारांश
- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले किसानलाई करोडौँ अनुदानभन्दा मल, बीउ र उचित मूल्य दिन माग गरेका छन् ।
- उनले अनियमित वर्षा र खडेरीको सम्भावनालाई मध्यनजर गर्दै किसानलाई कृषि बिमाको पूर्ण सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
- पोखरेलले २ करोडभन्दा बढी लगानी गर्ने किसानलाई दिइने अनुदानले साना किसानलाई कुनै फाइदा नहुने बताएका छन् ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले किसानलाई सरकारले करोडौँ अनुदान होइन मल,बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन् । धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेकोले किसानलाई हुने ठुलो नोक्सानीबाट जोगाउन सरकारकै अग्रसरतामा कृषि बिमाको पूर्ण सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
पोखरेलले कृषिमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानलाई अनुदानको घोषणा गर्नु नराम्रो नभए पनि आम किसानको भन्दा बढ्ता हैसियतको यो घोषणाले साना किसानलाई कुनै प्रभाव नपर्ने उनको भनाइ छ ।
‘सरकारले कृषिमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्नेहरूका लागि आकर्षक अनुदानको घोषणा गरेको छ । व्यावसायिकता र आधुनिकीकरणका लागि यो कदम आफैँमा नराम्रो होइन’ पोखरेलले लेखेका छन् ‘तर प्रश्न उठ्छ के आम नेपाली किसानको हैसियत त्यति ठुलो लगानी गर्न सक्ने बनेको छ र ?’
कृषि र किसानको प्रशंसा गर्दै महासचिव पोखरेलले भौतिक रूपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्त्व नघटेको उनले प्रस्ट पारेका छन् । सरकारले यो वास्तविकतालाई स्विकार्नुको साटो अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र मझौला र किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको स्पष्ट पारेका छन् ।
‘वर्तमान सरकार नीति तथा कार्यक्रममै घोषणा गरेर मध्यम वर्गको पोषण को कुरा गरिरहेको छ’ पोखरेलले लेख्छन्–‘मध्यम वर्ग आफैँ पनि सङ्घर्ष गरेर जिउन सक्ने तर अहोरात्र उत्पादनको काममा अहोरात्र जुटिरहेको भुँइमान्छेलाई राज्यको ओत र संरक्षणको बढी आवश्यकता पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण